२०८१ फागुन २३ गते
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले मोरक्कोका डिफेन्सिभ मिडफिल्डर मोहम्मद जाउआनीलाई अनुबन्ध गरेको छ ।
३० वर्षीय जाउआनीले मोरक्कोको यू–२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । धनगढीले एनएसएलका लागि अनुबन्ध गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् ।
यसअघि नै धनगढीले मोहम्मद हिजाजी र धनगढीबाटै पहिलो र दोस्रो सिजन खेलिसकेका नाइजेरियन फरवार्ड अफिज ओलावालेलाई निरन्तरता दिइसकेको छ ।
धनगढीले यस सिजनका लागि कएतिश रत्न छुन्जुलाई मार्की प्लेयर बनाएको छ । यस्तै टिममा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम र अशोक खवास छन् ।
धनगढीले मुख्य प्रशिक्षकमा स्पेनका युइएफए प्रो लाइसेन्स प्राप्त जुआन म्यानुएल मार्टिनेज साइजलाई अनुबन्ध गरिसकेको छ ।