२०८१ फागुन २३ गते
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले अनुभवी प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलानालाई अनुबन्ध गरेको छ ।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।
चिलीको सान्टियागोमा जन्मेका ३२ वर्षीय कान्टिलानाको चिलीको प्यालेस्टिनो, मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इएनपीपीआई क्लब र इन्डोनेसियाको पिएसआइएस सेमाराङ जस्ता क्लबहरूबाट खेलेका छन् । प्यालेस्टाइन राष्ट्रिय टोलीबाट ३४ खेल खेल्दा उनले १० गोल गरेका छन् ।
यसअघि ललितपुरले भुटानका चेन्चो ग्याल्सेन, गोलकिपर जेफ्री बाल्टुस र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो ।