अल नेपाल ओपन स्नूकर : उपाधिका लागि सोम र सरोज भिड्दै

Dipa Bhatt

२०८१ फागुन २२ गते

२२ फागुन, बुटवल । हेटौंडाका सोम लामा र बिर्तामोडका सरोज गौतम बुटवलमा जारी अल नेपाल ओपन स्नुकर च्याम्पियनशिपको फाइनलमा पुगेका छन् ।

बुधबार राति सम्पन्न सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठलाई ६-४ अंकले पछि पार्दै  बिर्तामोडका सरोज गौतम फाइनलमा पुगेका हुन् ।

यस्तै पहिलो सेमिफाइनल खेलमा काठमाडौंका वाङ्चू तामाङलाई ६-३ अंकले पछि पार्दै हेटौंडाका सोम लामा फाइनल प्रवेश गरेका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।

सोम र सरोजबीच फाइनल खेल बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा आज बिहान ११ हुनेछ ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले एक लाख एक हजार, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०/३० हजार रुपैयाँ, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ ।

Sharing Is Caring:

Leave a Comment