चैतमा ५ किमि फन रन हुने

Dipa Bhatt

२०८१ फागुन २० गते

काठमाडौँ — हायर ग्राउन्ड नेपालको आयोजनामा चैत दोस्रो साता ५ किलोमिटर फन रन हुने भएको छ । चैत ९ मा हुने खुला दौडसँगै ‘वाक’ को पनि आयोजना हुनेछ । जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलबाट सुरु हुने प्रतिस्पर्धामा दुई हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकले मंगलबार दौडबारे पत्रकार सम्मेलन गर्दै दौडकै अवसरमा ह्विलचेयर रेस पनि आयोजना हुनेछ । यसमा ३० भन्दा बढीको सहभागिता रहनेछ । दौडमा शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार प्रदान गरिनेछ । रनमा भाग लिन कुनै पनि उमेर, लिंगको रोकतोक नभई सबैका लागि खुला रहने संस्थाकी विमला श्रेष्ठ पोखरेलले जानकारी गराइन् ।

हायर ग्राउन्डले सन् २०१५ देखि नै फन रन कार्यक्रम गर्दै आएको छ । यसपालिको ५ किमि फन रनका लागि अल्ट्रा धाविका रशिला तामाङ र पारा पावर लिफ्टिङकी राष्ट्रिय च्याम्पियन निर्मला भण्डारीलाई गुडबिल एम्बासडर बनाइएको श्रेष्ठले जानकारी गराइन् ।

Sharing Is Caring:

Leave a Comment