राष्ट्रिय स्नुकर च्याम्पियनशिपमा आज क्वाटर फाइनलका खेल हुँदै

Dipa Bhatt

२०८१ फागुन २० गते

२० फागुन, बुटवल । बुटवलमा जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनशिपमा आज मंगलबार क्वाटर फाइनलका चार खेल हुँदैछन् ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा बिहान ११.३० बजेदेखि दुई र दिउँसो साढे तीन बजेदेखि २ खेल हुने आयोजक नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीले जनाएको छ ।

बिहानको खेलमा बुटवलका रेगन श्रेष्ठ र हेटौंडाका नितेश खण्डवाल तथा काठमाडौंका सविन तामाङ र बिर्तामोड झापाका सरोज गौतमबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । रेगन हालै श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल खेलाडी हुन् ।

यस्तै दिउँसोका दुई खेलमा काठमाडौंका वाङ्चु तामाङ र काठमाडौंकै तेन्जिङ तामाङ तथा काठमाडौंका कुमार शाही ठकुरी र हेटौंडाका सोम लामाबीच प्रतिस्पर्धा हुने गुरुङले बताए ।

फागुन १२ देखि जारी प्रतियागितामा रुपन्देहीका ५० जनासहित देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता खेलाडीले तीन लाख ३ हजार, उपविजेताले एक लाख एक हजार रुपैयाँ, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०/३० हजार रुपैयाँ, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मुख्य प्राोजनमा हुन लागेको हो ।

फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

Sharing Is Caring:

Leave a Comment