२०८१ फागुन २० गते
२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सहायक प्रशिक्षकसँगै विभिन्न सपोर्ट स्टाफहरू नियुक्त गरेको हो ।
यही मार्च महिनामै हुन लागेको सिंगापुरसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटको खेलका लागि कोचिङ र सपोर्टिङ स्टाफहरू नियुक्त भएका हुन् ।
गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन् भने रमेश कुमार कार्की टिम म्यानेजरका रूपमा रहनेछन् ।
त्यस्तै नकुल हमाल ठकुरी सहायक टिम म्यानेजर छन् । निशान्त जोशी फिजियोथेरापिस्टका रूपमा रहनेछन् ।
यसअघि नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भइसकेका छन् ।