सेमिफाइनल जित्न भारतलाई अस्ट्रेलियाको प्रतिस्पर्धात्मक लक्ष्य

Dipa Bhatt

२०८१ फागुन २० गते 

२० फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमफाइनलमा मंगलबार भारत र अस्ट्रेलिया खेलिरहेका छन् ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतसामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाए । ओपनर ट्राभिस हेडले ३९ रन बनाए । मार्नस लबुशेनले २९ रन बनाए ।

भारतका मोहम्मद शामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । वरुण चक्रवर्तीले १० ओभरमा ४९ रन दिएर २ विकेट लिए ।

रविन्द्र जडेजाले २ तथा हार्दिक पान्ड्या र अक्षर पटेलले १-१ विकेट लिए ।

Sharing Is Caring:

Leave a Comment