सैनामैना गोल्डकपमा मुर्गिया एफसीको विजयी सुरुवात

Dipa Bhatt

२०८१ फागुन १९ गते

१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा सोमबारदेखि शुरु प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

रुपन्देहीको सैनामैनामा–४ मुर्गियास्थित सैनामैना रंगशालामा भएको उद्घाटन खेलमा बुटवलको गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो ।

मुर्गिया फुटबल क्लबलाई जिताउन खेलको दोस्रो हाफको १९ औँ मिनेटमा रोशन पहाडीले गोल गरेका थिए । निकै कडा प्रतिस्पर्धा भएको खेलमा गोर्खा ब्वाइजले निर्धारित समयमा कुनै पनि गोल गर्न नसक्दा मुर्गिया एफसीका रोशनले गरेको एक गोल नै निर्णायक बनेको थियो । मुर्गिया फुटबल क्लबका रोशन पहाडी खेलको म्यान अफ द म्याद घोषित भएका छन् । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।

दोस्रो खेल मंगलबार नेपाल पुलिस क्लब र फर्साटिकर युथ क्लबबिच दिउँसो ३ बजे हुने आयोजक क्लबका मिडिया संयोजक कृष्ण भण्डारीले जानकारी दिए ।

दुई विभागीय, भारत सिक्किमको एक सहित १० टिमले भाग लिएको प्रतियोगिताको उपाधि विजेताले नगद ७ लाख, उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै सेमिफाइनलमा पुगेर बाहिरिएका दुई टिमलाई नगद ४०/४० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिइने क्लबका अध्यक्ष प्रविन भारीले बताए ।

Sharing Is Caring:

Leave a Comment