राइनोलाई हराउँदै प्लानिङ ब्वाइज कोहलपुर गोल्डकप फुटबलको सेमिफाइनलमा

Dipa Bhatt

२०८१ फागुन १९ गते 

१९ फागुन, बाँके । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राइनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजका विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा प्लानिङ ब्वाइज विपक्षी राइनो फुटबल क्लबमाथि हावी भएको थियो । खेलको इन्जुरी समयमा मैदान प्रवेश गरेका प्लानिङ ब्वाइजका सरोज कार्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल मंगलबार दिउँसो साढे ३ बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुनेछ ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगितामा घाना र भारतीय सहित आठ वटा टिमको सहभागिता रहेको छ ।

Sharing Is Caring:

Leave a Comment