एसियाली कबड्डी च्याम्पियनसिप खेल्न महिला टोली इरान प्रस्थान

Dipa Bhatt

२०८१ फागुन १८ गते

१८ फागुन, काठमाडौं । नेपाली महिला कबड्डी टिमले एसियाली महिला कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन्।

मनमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री छन् ।

अफिसियल अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ छन् ।

Sharing Is Caring:

Leave a Comment