भोलिबाट विराट गोल्डकप

Dipa Bhatt

२०८१ फागुन १८ गते

१८ फागुन, विराटनगर । सोमबारबाट विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नविन रिजालले जानकारी दिए ।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । भोलिको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।

आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक रिजालले प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको बताए । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले बताए । गोल्डकपको टिकट देखाउँदा विभिन्न क्षेत्रमा छुट पाइने उनले बताए ।

प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् ।

पुरस्कार बापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment