एन्फा महासचिव राईविरूद्ध पूर्वअध्यक्ष थापाले साइबर ब्यूरोमा दिए उजुरी

Hema Nath

२०८१ फागुन १८ गते

१८ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राईविरूद्ध आइतबार साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै थापाले नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा कानुनबमोजिम छानविन गरी कारवाहीका लागि आइतबार उजुरी दिएको बताएका छन् ।

थापाले‌ आइतबार विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने उद्धेश्यबाट त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारवाही हुने विश्वास लिएको जनाएका छन् । उनले भविष्यमा पनि कसैले कसैमाथि विना प्रमाण हचुवाका भरमा चरित्र हत्या हुने यस्ता गतिविधि गर्न नसक्ने विश्वास लिएको जनाएका छन् ।

साथै थापाले आफु कानुनी राज्यको हिमायति भएको भन्दै आफुले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानविन गरि आफु दोषी भएमा कानुन वमोजिम कारवाही भोग्न तयार रहेको बताएका छन् ।
यस्तै राईले लगाएको आरोप लगाएको आरोप प्रमाणित नभए बााुन अनुसार कारवाहीको दायरामा ल्याउनु पर्ने आफ्नो माग रहेको पनि बताएका छन् ।

Sharing Is Caring:

Leave a Comment