रियल हारेसँगै एटलेटिको अगाडि

Swastika Bhandari

फाल्गुन १८, २०८१बार्सिलोना — स्पेनी ला लिगा च्याम्पियनमा रियल म्याड्रिड शनिबार रियल बेटिसको हातबाट २–१ ले पराजित भएको छ । रियल प्रशिक्षक कार्लो एन्सेलोटीलाई यो हारलाई उपाधि रक्षाको अभियानमा ठूलो धक्का मानेका छन् । बेटिसका लागि इस्कोले पेनाल्टीबाट निर्णायक गोल गरे ।ब्राहिम डियाजको गोलले रियलले अग्रता लिएयता जोनी कारडोसाले बराबरी गोल फर्काए । इस्कोको गोल ५४ औं मिनेटमा सम्भव भएको थियो । यही हारको फाइदा उठाउँदै एथलेटिको म्याड्रिड लिग तालिकाको शीर्षमा उक्लेको छ ।डिएगो सिमोनीको एटलेटिकोले भने एथलेटिको बिलबाओमाथि १–० को साँघुरो जित निकाल्यो । त्यसमा जुलियन अल्भारेजले ६६ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै एटलेटिकोको २६ खेलबाट ५६ अंक भएको छ । उसको पछाडि बार्सिलोना र रियल समान ५४ अंकमा छन् ।

Sharing Is Caring:

Leave a Comment