फाल्गुन १८, २०८१काठमाडौँ — इटालीको सिरी ए मा शीर्ष स्थानमा रहेका इन्टर मिलान र नेपोलीले शनिबार १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुई टिमबीचको दूरी एक अंकमै कायम रह्यो ।फेडरिको डिमार्कोको गोलले इन्टरले २२ औं मिनेटमा अग्रता लिएको थियो ।खेल सकिन तीन मिनेट अगाडि फिलिप बिलिङले नेपोलीका लागि बराबरी गोल फर्काए । यो नतिजापछि समान २७ खेलमा इन्टरको ५८ र नेपोलीको ५७ अंक भएको छ । एटलान्टा ५५ अंकमा तेस्रो स्थानमा छ ।
शनिबारको अर्को खेलमा युडिनेजीले पार्मालाई १–० ले हरायो । त्यसमा फ्लोरिन थउभिनले पहिलो हाफमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।