सैनामैना गोल्डकप हुने

Swastika Bhandari

फाल्गुन १८, २०८१तिलोत्तमा — सैनामैनामा सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।सैनामैना नगरपालिका–४ स्थित सैनामैना बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगिता पालिकाको संरक्षकत्व र मुर्गिया फुटबल क्लबको आयोजनामा हुनेछ । फागुन २८ सम्म चल्ने प्रतियोगितामा ए डिभिजन, विभागीय र एक विदेशीसहित १० क्लबले भाग लिने शनिबार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रवीण भारीले बताए । विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् ।

Sharing Is Caring:

Leave a Comment