स्युचाटार क्रिकेट लिग : मिक्समान्डु र सीईसी क्वाटरमा

Dipa Bhatt

२०८१ पुष १६ गते 

काठमाडौँ — स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० प्रतियोगितामा मंगलबारका खेलपछि समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बीडीएस, समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वाटरफाइनल पुगेका छन् ।

स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा मंगलबार बीडीएस, तारकेश्वर युथ, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका थिए । बीडीएसले स्याङ्जा एभेन्जर्सलाई ४ विकेटले हरायो । ७० रनको लक्ष्य बीडीएसले ४ विकेट गुमाएर ९.३ ओभरमा पूरा गरेको हो । प्लेयर अफ द म्याच जतिन थापाले २० रन बनाए ।

तारकेश्वरले हसनटार युथ क्लबलाई ११ रनले हरायो । ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा समेटियो । प्लेयर अफ द म्याच दीपक रेग्मीले ३ विकेट लिए । थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई ७ विकेटले हरायो । ५६ रनको लक्ष्य थानकोटले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । प्लेयर अफ द म्याच थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए । हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई ४ विकेटले पराजित गर्‍यो । ५२ रनको लक्ष्य हिमालयनले ८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । प्लेयर अफ द म्याच जयन्त विष्टले एक विकेट र १७ रन बनाए ।

क्रिकेट एक्सिलेन्स सेन्टरले चक्रवर्ती ल कलेजलाई ५० रनले हरायो । ८७ रनको लक्ष्य पाएको चक्रवर्तीले ३६ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच एक्सिलेन्सका राज बमले ३ विकेट र १४ रन बनाए । मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले हरायो । ५३ रनको लक्ष्य पाएको थानकोटले ३७ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच मिक्समान्डुका नवीन यादवले १४ रन बनाए भने २ विकेट लिए । सीईसीले अर्को खेलमा युथ हसनटार क्लबमाथि ४८ रनको जित पायो । ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रनमात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच राज बमले ४० रन बना

Sharing Is Caring:

Leave a Comment