प्रिमियर लिगमा चेल्सी र युनाइटेड पराजित

Dipa Bhatt

२०८१ पुष १६ गते 

१६ पुस, काठमाडौं । प्रिमियर लिगमा दुई ठूला क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड पराजित भएका छन् ।

चेल्सी इप्स्विच टाउनसँग २-० ले पराजित भयो । यो हारले चेल्सीले दोस्रो स्थानमा उक्लने अवसर गुमायो । इप्स्विचका लागि लियम देलाप र ओमारी हचिनसनले गोल गरे ।

चेल्सीका लागि जाआओ फेलिक्सले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

हारपछि चेल्सी १९ खेलबाट ३५ अंकसहित चौथो स्थानमै छ । इप्स्विच १९ खेलबाट १५ अंक जोडेर १८औं स्थानमा उक्लेको छ तर अझै रेलिगेसन जोनमा संघर्षरत छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै न्युकासलसँग २-० ले पराजित भयो । युनाइटेडको मैदानमा न्युकासलका लागि अलेजान्डर आइसाक र जोएलिन्टनले पहिलो हाफमा गोल गरेको थियो ।

जितपछि न्युकासल १९ खेलबाट ३२ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडको खराब प्रदर्शन जारी छ । १९ खेलबाट २२ अंक रहेको युनाइटेड १४औ स्थानमा छ ।

Sharing Is Caring:

Leave a Comment