प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगितामा लुम्बिनी टिम च्याम्पियन

Dipa Bhatt

२०८१ पुष १४ गते 

१४ पुस, काठमाडौं । नेपाल हाप्किडो संघको आयोजनामा नेपालगञ्‍ज रंगशालामा दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टिम च्याम्पियनको उपाधि जित्न सफल भयो । यसैगरी सुदुरपश्चिम प्रदेशले ११ स्वर्ण, ९ रजत र ८ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने कोशी प्रदेशले ६ स्वर्ण, ७ रजत, र ७ कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुषतर्फ सुदुरपश्चिम प्रदेशका नविन बहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसी घोषित भईन् । उत्कृष्ट प्रशिक्षकमा पुरुषतर्फ सुदुरपश्चिम प्रदेशका वीर बहादुर सारु मगर र महिलातर्फ लुम्बिनी प्रदेशकी एलिशा खड्का घोषित भइन् ।

उदीयमान खेलाडीको रूपमा पुरुषतर्फ मधेश प्रदेशका राजकुमार महतो घोषित भए भने भने महिलातर्फ कर्णालीकी नविना भण्डारी भइन् । उत्कृष्ट रेफ्रीको उपाधि गण्डकी प्रदेशका पुरुष तर्फ समिर गुरुङ र महिलातर्फ लुम्विनी प्रदेशकी निक्कु विश्वकर्मा ले प्राप्त गरिन् ।

अनुशासित खेलाडी पुरुषतर्फ बागमती प्रदेशका प्रसन्न आचार्य र महिलातर्फ सुदुरपश्चिम प्रदेशकी बिमला थापा मगर भईन ।

सेल्फ डिफेन्स, डेमोस्ट्रेसन तर्फ प्रथम स्थान लुम्बिनी प्रदेश, दोस्रो स्थान कोशी प्रदेश र तेस्रो स्थान बागमती प्रदेशले प्राप्त गरे ।

Sharing Is Caring:

Leave a Comment