म्यानचेस्टर युनाइटेडको चिन्ता

Dipa Bhatt

२०८१ पुष १३ गते

लन्डन — रुबेन एमोरिमलाई के ठ्याक्कै थाहा छैन भने म्यानचेस्टर युनाइटेडलाई पुनरुत्थान गर्न कति समय लाग्ने हो । बरू उनको चिन्ता हो, युनाइटेडलाई बचाउने पो कसरी हो । इंग्लिस प्रिमियर लिगमा युनाइटेड बिहीबार राति उल्भसको हातबाट हारेको हो ।

यस्तोमा ओल्ड ट्राफोर्डका यी प्रशिक्षकले आफ्नो नामसँग जोडिएको सय वर्षयताकै सबैभन्दा खराब सुरु हेर्नुपरेको छ । मोलिनेमा भएकोमा खेलमा युनाइटेड २–० ले पराजित रह्यो ।

युनाइटेडले लगातार तेस्रो खेलमा हारेको छ । त्यसैले एमोरिम युनाइटेडका लागि आफ्नो सुरुआती १० खेलमा ५ वा त्यो भन्दा बढी हार सामना गर्ने प्रशिक्षक भएका छन् । यसअघि सन् १९३२ मा वाल्टर क्रिकमेरले यस्तो नियति बेहोरेका थिए ।

युनाइटेडमा कहिलेसम्म तपाईंको सोच लागू हुने हो भनेर सोधिएको प्रश्नमा उनको उत्तर छ, ‘साँच्चै मलाई केही पनि थाहा छैन । त्यसैले म त प्रत्येक दिनलाई नयाँ चुनौतीका रूपमा हेरिरहेको छु ।’

Sharing Is Caring:

Leave a Comment