राष्ट्रिय टिम चेसको सेमिफाइनल समीकरण पूरा

Dipa Bhatt

२०८१ पुष १३ गते

काठमाडौँ — सातौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा शनिबारको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुगेका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित च्याम्पियनसिपको लिग चरणपछि ललितपुर महानगरपालिका टिम १४ अंक, थापाथली चेस पार्क १०, दोलखा चेस होम १० र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका हुन् ।

आइतबार सेमिफाइनलमा ललितपुर महानगरले ललितपुर स्पोर्ट्स क्लब तथा थापाथलीले दोलखा चेस होमविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

Sharing Is Caring:

Leave a Comment