रेड्डीको शतकमा भारतको बलियो जवाफ

Dipa Bhatt

२०८१ पुष १३ गते

काठमाडौँ — नितिशकुमार रेड्डीले बनाएको पहिलो शतकको मद्दतले भारतले अस्ट्रेलियाविरुद्धको चौथो टेस्टको तेस्रो दिन बलियो जवाफ फर्काएको छ । वर्षाले प्रभावित दिनको खेल समाप्त हुँदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ ।

मेलबर्न क्रिकेट मैदानमा उदयमान अलराउन्डर रेड्डीले १ सय ५ रन बनाएका छन् र नटआउट पनि छन् । दिनको अन्तिम सत्र वर्षाले प्रभावित भएपछि चाँडै टुंगेको थियो । अब भारतले चौथो दिनको सुरुआत गर्दा १ सय १६ रनले पछाडि रहनेछ ।

भारतका नटआउट अर्को ब्याटरमध्ये मोहमद सिराज दुई रनमा छन् । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ४७ रन बनाएको थियो । कमजोर सुरुआत लिएको भारतका लागि अर्का अलरान्डर वासिङटन सुन्दरले आठौं विकेटका लागि १ सय २७ रनको साझेदारी गरे ।

सुन्दरले ५० रन बनाए । रेड्डीले भने १ सय ७६ रनको सामना गरेर १० चौका र एक छक्का प्रहार गरेका छन् । अस्ट्रेलियाली बलरमध्ये प्याट कमिन्स र स्कट बोलान्डले तीन तीन विकेट लिएका छन् ।

Sharing Is Caring:

Leave a Comment