२०८१ पुष ११ गते
११ पुस, काठमाडौं। जय ट्रफी पुस एलिट कप दुई दिवसीय क्रिकेटका लागि बागमति प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा प्रारम्भिक टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्ज र जनकपुरमा हुनेछ ।