मलेसियालाई तीन विधामा उपाधि

Dipa Bhatt

२०८१ पुष ११ गते

११ पुस, काठमाडौं। काठमाडौंमा भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ। मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगल तर्फको उपाधि उचालेको हो।

पुरुष युगल तर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बो को जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गर्दै उपाधि मा आफ्नो नाम लेखाएका हुन्।

यस्तै महिला युगल तर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाईल्याण्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ र मिस्क युगल तर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१–१८, २१–११ को अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेका हुन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको पुरुष एकल तर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बी.एम. राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले।

महिला एकल तर्फ थाईल्याण्डकी ललिनरात चाईवानले उपाधि जितिन्। चाईवानले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले पराजित गर्दै उपाधि जितेकी हुन् ।
प्रत्येक विधाका बिजयी खेलाडीले नगद १२ सय डलर, ७२० डलर र ३ सय डलर प्राप्त गरे।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका १७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

जुनियर सिरिज भोलिबाट

नेपाल ब्याडमिन्टन संघकै आयोजनामा योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सेरिज २०२४ भोली शुक्रबारबाट हुने भएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तीन दिने सिरिजमा जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहने छ ।

सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा ९९ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाली ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहनेछ । पुरुष एकलमा ३२ जना, महिला एकलमा २१ जना, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

Sharing Is Caring:

Leave a Comment