प्रोफेशनल हाप्किडो प्रतियोगिता शुक्रबारदेखि

Dipa Bhatt

२०८१ पुष ११ गते

११ पुस, काठमाडौं । नेपाल हाप्किडो संघको आयोजनामा दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता यही पौष १२ र १३ गते नेपालगंज रंगशालामा हुने भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल हाप्किडो संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरूले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा केडेट, जुनियर र सिनियर तीनवटा विधामा विभिन्न तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

संघले नियमित वार्षिक ६ वटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Sharing Is Caring:

Leave a Comment