राखेप बोर्डमा रिक्त आठ सदस्य नियुक्त, उपाध्यक्ष अर्को साता

Dipa Bhatt

२०८१ पुष ११ गते

नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

११ पुस, काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको सदस्यमा नियुक्त गरेको हो ।

नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्ष अर्को हप्ता नियुक्त हुने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

उनले अनलाइनखारसँग भने, ‘ अहिले राखेपका रिक्त बोर्ड सदस्‍यहरूको नियुक्ति मात्रै भयो। अब अर्को हप्ता राखेपका उपाध्यक्षको पनि नियुक्ति हुन्छ।’

यसअघिका राखेपका उपाध्यक्ष शिव कोइराला ४ वर्षे कार्यकाल पूरा गरी विदा भएपछि  ५ महिनादेखि राखेपका उपाध्यक्ष पद रिक्त रहेको छ ।

Sharing Is Caring:

Leave a Comment