सनसाइन र हेम्स बास्केटबल फाइनल भिड्ने

Dipa Bhatt

२०८१ पुष १० गते

काठमाडौँ — सनसाइन र हेम्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनल पुगेका छन् ।

लिभरपुल स्कुलमा भएको सेमिफाइनलमा बुधबार सनसाइनले मार्बलसलाई ५३–२६ स्कोरले पराजित गर्‍यो । सनसाइनको जितमा सोनाम तामाङले २१ स्कोर गरे । सुशान्त आचार्यको १४ स्कोरमा हेम्सले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४८–४६ को अन्तरले हरायो ।

मध्य क्षेत्रीय प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र मार्बलसले उपाधि भिडन्त पक्का गरे ।

काठमाडौं जेभियर्सले सनसाइनलाई ३१–१२ स्कोरले हरायो । काठमाडौं जेभियर्सका अनमोल कुशुवारले २४ स्कोर गरे । मार्बलसले हेम्सलाई २९–२३ ले पन्छायो । मार्बलसका नवीन कार्कीले २२ स्कोर जोडे ।

सिनियर गर्ल्समा काठमाडौं जेभियर्स र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन् । काठमाडौं जेभियर्सले लिभरपुलमाथि २४–१८ स्कोरको जित रच्यो । काठमाडौं जेभियर्सकी सुहानी बानियााले ११ स्कोर गरिन् । इनोभेटिभले एसियन पब्लिकको चुनौती २९–२० ले हरायो । इनोभेटिभकी विद्या कुमालले १० स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

Sharing Is Caring:

Leave a Comment