प्रिन्स र रशिलाको जोडी सेमिफाइनलमा

Dipa Bhatt

२०८१ पुष १० गते

१० पुस, काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जनको जोडी काठमाडौंमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्समा नेपालकै दुई जोडी प्रतिस्पर्धा गरेका थिए । जसमा प्रिन्स र रशिलाको जोडीले क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

सेमिफाइनलमा पुगेपछि प्रिन्स र रशिलाको जोडीले नेपालका लागि कम्तीमा एक कांस्य पदक पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राख्पको कभर्डहलमा बुधबार भएको खेलमा प्रिन्स र रशिलाको जोडीले क्षितिज र शोभाको जोडीलाई २१-११, २१-१२ ले पराजित गरेको हो ।

प्रिन्स र रशिलाले अब थाइ जोडी नोनताकोर्न थोङ-अन र कोडचापोर्न चाइचनासँग सेमिफाइनलमा खेल्नेछ ।

पहिलो चरणमा बाई पाएका प्रिन्स र रशिलाले दोस्रो चरणमा थाइल्याण्डका खेलाडीबाट वाकओभर पाएपछि क्वाटरफाइनल खेलेका हुन् ।

Sharing Is Caring:

Leave a Comment