नेपाल कबड्डी लिग माघ ४ गतेदेखि हुने

Dipa Bhatt

२०८१ पुष ८ गते

८ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण माघ ४ गतेदेखि सुरु हुने भएको छ । नेपाल कबड्डी संघका महासचिव अरविन्द झा ले एनकेएल माघ ४ देखि १९ गतेसम्म हुने जानकारी दिए ।

‘एनकेएलको पहिलो संस्करण माघ ४ देखि १९ गतेसम्म हुनेछ । खेल डबल राउण्ड रोविनमा हुनेछ’, उनले भने । पहिलो संस्करणमा ६ टिमको सहभागिता हुनेछ । टिमको नाम, मार्की खेलाडी, प्रशिक्षक र टिम ड्राफ्ट सम्पन्न भईसकेको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

Sharing Is Caring:

Leave a Comment