२०८१ पुष ८ गते २
८ पुस, काठमाडौं । १९औं एनएनआइपिए स्पोर्ट्स अवार्ड यही पुस २० गते आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल)ले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्ड मिति सार्वजनिक गरेको हो ।
एनएनआईपीएले आफ्नो वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ । त्यही कार्यक्रममलाई निरन्तरता दिँदै १९औं संस्करणको अवार्ड आयोजना गर्न लागेको हो ।
गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा समावेश भएका २९ खेलहरुलाई आधार मानेर संघले सिफारिस गरेका खेलाडीहरुलाई वर्ष खेलाडीको रुपमा सम्मान गरिने एनएनआईपीएले जनाएको छ ।
२९ खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी अर्वाड सहित नगद एक-एक लाख रुपैयाँले सम्मानित गरिने छ ।
एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई पनि नगद ५० हजारबाट सम्मानित गरिनेछ । एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व र एक खेल पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिता पुरस्कारबाट समान ३५ हजारसहित सम्मानित गरिनेछ । एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार रुपैयाँबाट सम्मान गरिने संघले जनाएको छ ।
१९औं एसियाली खेलक्दमा समावेश भएको फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्दो, ह्यान्डबल, गल्फ, हक्की, लन टेनिस, पौडी, स्क्वास, उसु, भारोत्तोलन, ट्रायथलन. क्रिकेट, सुटिङ, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, बक्सिङ, इ-स्पोर्टस, क्यनोइनङ, डान्स स्पोर्टसका एक-एक खेलाडीलाई सम्मान गरिनेछ ।
अवार्ड कार्यक्रम तारेश्वर नगरपालिकाको मनमैजुमा आयोजना हुने संघले जनाएको छ ।