२०८१ पुष ८ गते
८ पुस, काठमाडौं । मोहमद सालाह र लुइस डियाजको दुई गोल मदतमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले टोटनहमलाई ६-३ ले पराजित गरेको छ ।
यस जितपछि लिभरपलुले दोस्रो स्थानको चेल्सीमाथि ४ अंकको अग्रता समेत बनाएको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र डोमिनिक सोबोज्लाईले एक एक गोल गरे ।
टोटनहमका लागि जेम्स म्याडिसन, डुजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कले एक एक गोल फर्काए ।
जितपछि लिभरपुलले १६ खेलबाट ३९ अक जोडेको छ । एक खेल बढी खेलेको चेल्सीको १६ खेलबाट ३५ अक छ ।