एन्जल्स हार्ट र न्युटन फाइनल भिड्ने

Dipa Bhatt

२०८१ पुष ६ गते

काठमाडौँ — एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा शुक्रबार फाइनल पुगेका छन् ।

एन्जल्स हार्टले जय मल्टिपल क्याम्पसलाई २५–१५, २४–२६, २५–२२, २५–२२ को सेटमा हरायो । अर्को सेमिफाइनलमा न्युटनले आयोजक हिमरश्मिलाई २५–१३, २५–१९, २०–२५, २५–१७ ले हरायो । सेमिफाइनल ‘बेस्ट अफ फाइभ’ का आधारमा खेलाइने छ ।

बिहीबारै क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपाल राष्ट्रिय कलेजलाई २–१, हिमरश्मिले ग्लेसियरलाई २–१, जय मल्टिपलले सेन्ट लरेन्सलाई २–० र न्युटनले युनिग्लोबलाई २–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Sharing Is Caring:

Leave a Comment