टाइम्स र बर्नहार्ट सेमिफाइनलमा

Dipa Bhatt

२०८१ पुष ६ गते

काठमाडौँ — थन्डर बोल्ट्स कप खेलकुदअन्तर्गत बास्केटबलको यू–१८ छात्रतर्फ टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर कलेज सेमिफाइनल पुगेका छन् ।

टाइम्सले निस्ट स्कुललाई ३७–३२ ले, बर्नहार्टले गोल्डेनगेट कलेजलाई ५५–५४ ले, काठमान्डु वर्ल्ड स्कुलले रातो बंगलालाई ५२–४२ ले र जेभियर कलेजले एलआरआईलाई ३९–१८ स्कोरले हराए ।

यू–१८ छात्रातर्फ भ्याली पब्लिकले बूढानीलकण्ठलाई ४०–१७ ले, रिब्सले काठमान्डु वर्ल्डलाई २९–०७ ले, जेम्सले जेभियर कलेजलाई ३६–३१ ले र नामीले बर्नहार्ट कलेजलाई ३४–०७ स्कोरले हराए ।

फुटबलतर्फ १२ वर्षमुनि छात्रतर्फ लिटिल एन्जल्सले जेम्सलाई २–० ले, एपीएफले नेपाल पुलिस स्कुललाई २–१ ले, जेम्सले विनायकलाई ३–१ ले र मोलिसले निस्टलाई ४–१ ले हराए ।

क्रिकेटतर्फ १८ वर्षमुनि छात्रतर्फ डीएभीले ब्लु बर्ड कलेजलाई १० रन, नेपाल पुलिसले निस्टलाई ५ रन र डीएभीले निस्टलाई १४ रनले हराए । डिएभीले नेपाल पुलिसलाई ४ विकेटले, निस्टले ब्लुबर्डलाई ९ रन र नेपाल पुलिसले ब्लुबर्ड कलेजलाई २ रनले हराए ।

Sharing Is Caring:

Leave a Comment