जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर

Dipa Bhatt

२०८१ मंसिर २२ गते

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

कर्णालीको कप्तानी सोमपाल कामीले गर्ने छन् भने विराटनगरको कप्तान सन्दीप लामिछाने छन् । दुवै टोलीले २ हरपछि जित निकालेका छन् भने त्यस जितलाई निरन्तरता दिन चाहन्छन् ।

राष्ट्रिय टिमका सोमपाल कामी र गुल्सन झाजस्ता चर्चित खेलाडीहरु भएको कर्णालीको टिम सन्तुलित छ र विदेशी खेलाडीहरु पनि अनुभवी छन् ।

कर्णालीको टिममा भारतका शिखर धवन, ओमानका पूर्व कप्तान जिसान मक्सुद, हङकङका बाबर हायत, वेष्ट इन्डिजका भेट्रान खेलाडी चाडविक वाल्टन र अस्ट्रेलियाका विलियम बोसिस्टो छन्  । शुक्रबारको खेलमा बाबरलाई आराम दिइएको थियो ।

विराटनगरको टिम राम्रो देखिए पनि पहिलो र दोस्रो खेलमा सोचेअनुरूप प्रदर्शन भएको थिएन । तेस्रो खेलमा राम्रो खेलेको थियो । त्यस्तै प्रदर्शन चाहनेछ ।

खेल : कर्णाली याक्स भर्सेस विराटनगर किंग्स

मिति र समय : २२ मंसिर, दिउँसो १ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

कर्णाली याक्स सम्भावित ११ : शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, भुवन कार्की, विपिन प्रसाद शर्मा

विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, आकिब इलियास, बसिर अहमद, राजेश पुलामी, प्रतिश जिसी, सन्दीप लामिछाने, क्रिस सोल, अनिल खरेल, जितेन्द्र मुखिया, सुबास भण्डारी

Sharing Is Caring:

Leave a Comment