२०८१ पुष १० गते
काठमाडौं । नेपाली फिल्मका छायांकारलाई १० दिने ‘ड्रोन पाइलट’ कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सुरु वर्कसपको शुभारम्भ बोर्ड अध्यक्ष दिनेश डीसीले गरे ।
कार्यशाला थाल्दै डीसीले नवीन प्रविधिको प्रयोगबाट गुणस्तरीय फिल्म निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यशालामा २५ छायांकार सहभागि छन् ।
छायांकनमा ड्रोन प्रयोग भएपनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको डीसीले बताए । छायांकारहरू प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, नीरज कँडेल, स्थिर छविकार राजभाइ सुवाल र कुवेर डंगोल, डकुमेन्ट्री फिल्ममेकर शान्ता नेपालीलगायत २५ जना सहभागि छन् ।
ड्रोन हब नेपालले कार्यशाला संयोजन गरेको हो । ड्रोन जानकार प्रवीण भट्टराई, प्रहरी इन्सपेक्टर र प्रभु हेलिका पाइलट लगायतले तालिम दिइरहेका छन् ।
बोर्ड कर्मचारीलाई पनि संचार सीपबारे विशेष तालिम दिइने भएको छ । उद्यमी निर्वाण चौधरी र अध्यक्ष डीसीले जीवन जिउने सीपबारे कर्मचारीलाई स्पिच दिनेछन् । बैशाख १ गतेसम्म हरेक दिन कुनै न कुनै प्रकारको कामलाई आक्रामक रुपमा निरन्तरता दिइने अध्यक्ष डीसीले बताए ।