करिश्मादेखि अदितीसम्मका सेलेब्रिटीको विन्टर फेसन (तस्वीर)

Dipa Bhatt

  २०८१ पुष १० गते 

काठमाडौं । कतिपय फेसनप्रेमीले जाडोयामलाई त्यति रुचाएको पाइँदैन । तर फेसन पारखीका लागि चिसो मौसम एउटा अवसर पनि हो । फेसन कन्सस व्यक्तिका लागि विन्टरले पनि समरमा जस्तै खास अर्थ राख्छ ।

केही यस्ता सेलेब्रिटी छन् जसले मौसम अनुसार आफ्नो फेसनशैलीलाई पछ्याउँछन् । सेलेब्रिटीको यस्तो शैलीलाई प्रशंसकले पनि सिको गर्छन् । अन्ततः यो ट्रेन्ड बन्छ ।

यतिबेला हामी यस वर्षको चिसोयाम भोगिरहेका छौं । सेलेब्रिटीको इन्स्टाग्राममा पनि विन्टर फेसनका तस्वीर स्क्रोल हुन थालेका छन् । यस्तोमा, केही यस्ता नेपाली सेलेब्रिटी जसले आफ्नो फेसन शैलीको कारण विन्टर यामलाई खास बनाइरहेका छन् ।

करिश्मा मानन्धरदेखि अदिती बुढाथोकीसम्मले यतिबेला जाडोयामलाई आफ्नो फेसन सौन्दर्यले मनमोहक तुल्याएका छन् ।

अभिनेत्री अदिती बुढाथोकी यतिबेला लण्डन घुमघाममा छिन् । उनले लण्डनका सडकबाट आकर्षक तस्वीर सेयर गरिरहेकी छन् । अभिनेत्री वर्षा सिवाकोटीले पनि आफ्नो अन्दाजमा जाडो मौसमको स्टाइल सेयर गरेकी छन् । सदाबहार अभिनेत्रीको रुपमा प्रसिद्ध करिश्मा मानन्धरको इन्स्टाग्राम टाइमलाइनमा पनि विन्टर फेसनका प्रशस्तै तस्वीर देख्न सकिन्छ ।

Sharing Is Caring:

Leave a Comment