नेप्से ५ अंकले बढ्यो, कारोबार रकम घट्यो    

Swastika Bhandari

पुस १७, २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.१० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८१.६० विन्दुमा ओर्लेको हो । अघिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार  सामान्य सुधार भएको हो ।

कारोबारमा आएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ८८ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहयो ।

४३ हजार ७ सय २९ पटकको कारोबारमा ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार बैकिङ, जीवन बिमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य बाहेक उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।

Sharing Is Caring:

Leave a Comment