१७ पुस, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १७६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।