८ पुस, काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले ७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको ७ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ८७ करोड २८ लाख ५० हजारको ७ प्रतिशतले हुन आउने ६ करोड १० लाख ९९ हजार ५ सय रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३६ प्रतिशतले हुन आउने ३२ लाख १५ हजार ७ सय ६३ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै सञ्चालक समितिले कम्पनीको वार्षिक साधारणसभा २९ पुसमा गर्ने र १९ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।