आईसीएफसी फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश घोषणा

Swastika Bhandari

७ पुस, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

फाइनान्स सञ्चालक समितिको ५ पुसमा बसेको ३३९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९ सय ६० को ५.२६ प्रतिशतका दरले हुन आउने ६ करोड २२ लाख ८७ हजार ९ सय ४५ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय गरेको हो । यो कर प्रयोजन सहित रकम हो ।

त्यसैगरी सञ्चालक समितिले फाइनान्सको २१औं वार्षिक साधारणसभा २९ पुसमा गर्ने र १७ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।

Sharing Is Caring:

Leave a Comment