४५.९३ अंकले घट्यो नेप्से

Swastika Bhandari

मंसिर २३, २०८१

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ । नेप्से एक दशमलव ६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको छ ।

आइतबार कुल २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ । ८१ हजार ४०४ पटकको सेयर किनबेचबाट १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भयाो । आइतबार सबै उपसमूहहरू घटेको छ । सबैभन्दा बढी जिवन बिमा ४२३.०४, होटल तथा पर्यटन १२४‍.४५ र निर्जीवन बिमा १०९.११ अंकले घटेको हो ।

Sharing Is Caring:

Leave a Comment