किसानलाई माहुरीको घार

Swastika Bhandari

फाल्गुन २९, २०८१खोटाङ — केपिलासगढी गाउँपालिकाका किसानलाई माहुरीको घार वितरण गरिएको छ । केपिलासगढी गाउँपालिकाको समन्वय, डिभिजन वन कार्यालय खोटाङको आयोजना तथा जलाधारमा आधारित जलवायु उत्थानशील जिविकोपार्जन आयोजनाको सहयोगमा बुधबार घार वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार गाउँपालिकाका २५ जना अगुवा माहुरी किसानलाई माहुरी पालनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरी चार घारका दरले एक सय वटा घर वितरण गरिएको हो ।माहुरीबाट किसानको आयश्रोत बढाउने उद्देश्यले घार वितरण गरिएको राईले बताएका छन् । ‘केपिलासगढीमा तोरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत घर–घरका किसानले तोरी खेती गरिरहनु भएको छ,’ राईले भने, ‘तोरी खेतीमा माहुरी पालन फष्टाउने भएकाले पनि माहुरी पालनमा किसानलाई सहयोग गरिएको हो ।’

Sharing Is Caring:

Leave a Comment