अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री 

Swastika Bhandari

फाल्गुन २७, २०८१काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजनाहरु चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन् । अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् । लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथोलगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने खड्काले बताए । काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।ऊर्जामन्त्री खड्काले लगानी सुरक्षित हुने र मुलुकलाई अत्यधिक फाइदा हुनेगरी काम सम्पन्न गर्नुपर्ने उल्लेख गरे । उनले आयोजना निर्माण हुँदा हजारौं व्यक्तिले रोजगारी पाउनुका साथै मुलुकको आर्थिक विकास हुने भएकाले आयोजना निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

छलफलमा सहभागीले दुवै आयोजनाबाट मुलुकले कसरी अधिकतम फाइदा लिन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए । यस सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्नका लागि एक प्राविधिक समिति गठन गरिने भएको छ ।

Sharing Is Caring:

Leave a Comment