घट्यो महँगी दर

Swastika Bhandari

२६ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष ७ महिनामा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सोमाबर जारी गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्मको समग्र आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार महँगी दर घटेर ४.१६ प्रतिशतमा अडेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा महँगी दर ५.०१ प्रतिशत थियो भने पुस २०८१ मा ५.४१ प्रतिशत थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.७४ प्रतिशत रहेको बैंकको विवरणमा छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ६.५९ र ३.९८ प्रतिशत थियो ।

त्यस्तै गत माघमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले महँगी दर बढेको थियो भने मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.९८ प्रतिशतले घटेको थियो ।गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ५.३६, मदिराजन्य पेय पदार्थ ५.०८, यातायात ५.०१, सुर्तीजन्य पदार्थ ४.१० र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले महँगी दर बढेको राष्ट्र बैंकले जनाएको छ ।

माघमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.९६ प्रतिशतले बढेको छ ।
छ ।

केन्द्रीय बैंकका अनुसार प्रदेशगत रूपमा गत माघ महिनामा कोशीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५, मधेस ३.९१, बागमती ३.३५, गण्डकी ३.४०, लुम्बिनी ४.१६, कर्णाली ४.०५ प्रतिशत र सुदूरपश्चिमको ४.७१ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३, तराई ४.२५, पहाड ४.११ र हिमालको ५.२१ प्रतिशत छ ।

माघ २०८१ मा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा २.८२ प्रतिशत थियो ।

गत माघमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७, ३.११ र २.९० प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment