माघ मसान्तसम्म २० बैंकहरूको नाफा ३६ अर्ब ६ करोड, कुनको कति ?

Swastika Bhandari

२६ फागुन, काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष साउनदेखि माघ मसान्तसम्म आउँदा ३६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको मासिक वित्तीय रिपोर्टअनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ३६ अर्ब ६ करोड नाफा कमाएका हुन् ।माघ महिनामा मात्रै यी १० बैंकको नाफा ९ अर्ब बढेको छ । पुस मसान्तसम्म बैंकहरुको नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो ।

गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने बैंकहरुको नाफा १.६ प्रतिशत मात्रै बढी हो । गत वर्षको माघमा यी बैंकको नाफा ३५ अर्ब ४९ करोड रुपैयाँ थियो ।

Sharing Is Caring:

Leave a Comment