फाल्गुन २०, २०८१काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३०.३६ अंकले घटेर २ हजार ८ सय ४६.३० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.०५ प्रतिशतले घटेको हो । सोमबार १३ अंकले घटेको नेप्से मंगलबार करिब साढे ३० अंकले घटेको हो ।उक्त दिन कारोबारमा आएकामध्ये ४१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९८ वटाको घट्यो भने बाँकी ५ वटा कम्पनीको स्थिर रह्यो । १ लाख २२ हजार ३ सय ३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।