फाल्गुन १९, २०८१जुम्ला — जिल्ला सदरमुकाम खलंगामा महँगीबाट उपभोक्तालाई राहत दिलाउन खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ ।बजारमा पाइने मूल्यभन्दा प्रतिकिलोमा १० रुपैयाँ कममा कम्पनीले चिनि बिक्री गर्न थालेको हो । अहिले चिनीको बजार मूल्य ११० रुपैयाँ प्रतिकिलो छ । एक किलोमै १० रुपैयाँ सस्तो पाएपछि उपभोक्ताहरु चिनी लिनका लागि कम्पनीमा भीड लाग्न थालेको कम्पनीका प्रमुख मनोज जोशीले बताए ।अनुदानमा चामल बेच्दै आएको कम्पनीले अहिले उपभोक्ताको माग अनुसार चिनी पनि बेच्न थालेको उनको भनाए छ । सार्वजनिक बिदाबाहेक हरेक दिन कम्पनीले चिनी बेचिरहेको छ । एकपटकमा कम्पनीले एक जना उपभोक्ताका लागि पाँच किलो चिनी उपलब्ध गराउँछ ।
सदरमुकाम क्षेत्रका नागरिकले चिनीमा अनुदान पाए पनि यता दुर्गम क्षेत्रका नागरिकका लागि भने महँगो नै परिरहेको छ । सोही कारण कम्पनीले स्थानीय पालिकामा चिनी पुर्याएर दुर्गम क्षेत्रमा पनि यो सुविधा दिन माग गरेका छन् ।यसअघि खाद्य व्यवस्था कार्यालयले गाउँ–गाउँमा डिपो खोलेर अनुदानको चामल बेचेको थियो । ठीक त्यसैगरी चिनी पनि गाउँसम्म पुर्याउन स्थानीयको माग छ ।