फाल्गुन १५, २०८१काठमाडौँ — सरकारले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । चालु आर्थिक वर्ष आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको छ ।सो बचतपत्रमा ८.५० प्रतिशत ब्याजदर पाइन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि चैत १८ सम्म बचतपत्र खरिदका लागि म्याद तोकेको छ ।यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवसीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न पाइन्छ ।
बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा अनलाइन सफ्टवेयरमार्फत आफू रहेको स्थानबाटै खरिद र दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।