दुई दिनमा १ हजार घट्यो सुन

Swastika Bhandari

१५ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । विगत दुई दिनमा सुनको मूल्य १ हजार घटेको हो । यसअघि मंगलबार हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९४० रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।

Sharing Is Caring:

Leave a Comment