महानगर प्रहरीले एकैदिन तिरायो ११५ जनालाई जरिबाना

Swastika Bhandari

१४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले एकैदिन १ सय १५ जनालाई जरिबाना तिराएको छ ।

बुधबार महानगर प्रहरीले सार्वजनिक गरेको मंगलबारको जरिबाना विवरण अनुसार काठमाडौ महानगरभित्र सहरी सुव्यवस्था कायम गर्न भन्दै विभिन्न शीर्षकमा २ लाख ६३ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो ।

महानगरले ८८ वटा अनधिकृत पार्किङ गरिएका दुई पाङ्ग्रे सवारीसाधनलाई ८८ हजार रुपैयाँ जरिबाना तिराएको हो । यस्तै अनधिकृत पार्किङ गरिएका ७ वटा चार पाङ्ग्रे सवारीसाधनलाई २० हजार रुपैयाँ तिराएको छ ।

यस्तै जथाभावी फोहोर गर्ने १८ जनालाई कारबाही गर्दै १ लाख २५ हजार रुपैयाँ जरिबाना गरेको छ । सडकपेटी अतिक्रमण गरी निर्माण सामग्री राख्ने एक जनालाई १५ हजार रुपैयाँ, सडकपेटीमा सवारीसाधन राखी व्यापार गर्ने एक जनालाई महानगरले १५ हजार जरिबाना गरेको हो ।

Sharing Is Caring:

Leave a Comment