सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Swastika Bhandari

फाल्गुन १३, २०८१

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।सोमबार प्रतितोला १ ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Sharing Is Caring:

Leave a Comment